पोखरामा कारको ठक्करबाट बागलुङका ढालेन्द्रको मृत्यु
पाेखरा | पुस १०, २०८०
पोखरा: पोखरामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– पस्र्याङ स्थित कारले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बागलुङ बसपार्कबाट जिरो किमी तर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पस्र्याङमा ठक्कर दिँदा बागलुङका ढालेन्द्र छन्त्याल र अर्का पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट बागलुङको ढोरपाटन नगरपालिका–६ घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का परिचय नखुलेको ३५ वर्षीय जस्तो देखिने पुरुष गम्भिर घाइते भएका थिए ।
कारको ठक्करबाट गम्भिर घाइते भएका दुवैजनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पैदल यात्रुलाई ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक फरार रहेको कास्की प्रहरीले जनाएको छ । पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

